गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
काठमाडाैं | मंसिर १५, २०८०
काठमाडौंमा गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।
कागेश्वरी मनोहरा नगरपालिका-५ थलीमा प्रदेश ३-०१-०० ३ क ६४८८ नम्बरको निशान गाडीले बागमती प्रदेश ०२-०३२ प ३३४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो।
बिहीबार राति उक्त दुर्घटना हुँदा मोटरसाइकलमा सवार शंखरापुर नगरपालिका-८ साँखु घुमार चोक घर भएका ३० वर्षीय सुलभ मोक्तानको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणटारस्थित शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी मोटरसाइकल चालक घाइते छन्। गाडीका चालक फरार छन्।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

